गायक मिङसोहाङको ‘तिम्रै हुनेछु’ सार्वजनिक

काठमाडाैं | माघ २२, २०७९

गायक मिङसोहाङको ‘तिम्रै हुनेछु’ सार्वजनिक

काठमाडौं:  भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बुले आफ्नो पहिलो डेब्यु म्यूजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गीतमा गायक लिम्बुलाई गायिका ममता गुरुङले स्वरमा साथ दिनुभएको छ ।

 

यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेख्नुभएको हो भने लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गर्नुभएको हो । विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ ।  म्यूजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ । 

 

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको छ । दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो ।  भिडियो ‘डी मिङसो म्यूजिक’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्